हिमालयन हाइड्रोले २२ करोड ५० लाखको आईपिओ निष्काशन गर्ने
काठमाडौं २१ जेठ । हिमालयन हाइड्रो पावर लिमिटेडले २२ करोड ५० लाख रुपैयाँको आईपिओ निष्काशन गर्ने भएको छ । हाइड्रोले १ सय रुपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ताको आईपिओ निष्काशन गर्न लागेको हो ।
जसमध्ये ९ लाख कित्ताको ९ करोड रुपैंया बराबरको शेयर परियोजना प्रभावित स्थानीय क्षेत्रहरुको लागि छुट्याइएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ । आईपिओ निष्काशन प्रवन्धकको रुपमा जनता क्यापिटलसँग सम्झौता गरेको छ ।
आईपिओ निष्काशन सम्बन्धी सम्झौतामा हाइड्रोका संचालक शिवकृष्ण श्रेष्ठ र बिक्री प्रवन्धक जनता क्यापिटलका कार्यकारी निर्देशक बिश्व सुवेदीले हस्ताक्षर गरेका छन् । साथै, कम्पनीले आउँदो दशैैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।