Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नेपाल आउँने पर्यटकको संख्या बढेपनि औषत बसाई र खर्च गराई घट्यो

नेपाल आउँने पर्यटकको संख्या बढेपनि औषत बसाई र खर्च गराई घट्यो

काठमाडौं, २१ जेठ । नेपाल आउँने पर्यटको संख्या बढेपनि उनीहरुले विताउँने समय र गर्ने खर्च घटेको पाईएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्य अनुसार सन् २०१७ को तुलनामा सन् २०१८ मा पर्यटकको नेपाल बसाई ०.२ दिन प्रतिदिन खर्च गराई १० अमेरिकी डलरले घटेको हो ।

सन् २०१७ मा औषत १२.६ दिन पर्यटकले नेपालमा समय विताउँने गर्दथे तर सन् २०१८ मा पर्यटको औषत बसाई १२.४ दिन मात्र रहेको छ । त्यस्तै सन् २०१७ मा भन्दा सन् २०१८ मा पर्यटकको संख्या आगमनमा २५ प्रतिशतले बृद्धि भएको छ ।

त्यसैगरी नेपाल आउँने पर्यटकले गर्ने खर्चमा पनि गिरावट आएको छ । सन् २०१७ मा प्रतिदिन प्रति पर्यटक खर्च ५४ अमेरिकी डलर थियो तर सन् २०१८ मा प्रतिदिन प्रति पर्यटक खर्च ४४ अमेरिकी डलर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x