Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनआईसी एशिया बैंकको २ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन

एनआईसी एशिया बैंकको २ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाडौं, २१ जेठ । एनआईसी एशिया बैंक लिमिटेडले दुई वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा त्याएको छ । बैंकले झापाको केचनाकवल गाउँपालिका वडा नं. १ को घेराबारी र स्याङ्गजाको आँधीखोला गाउँपालिका वडा नं. १ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

घेराबारीमा सञ्चालित शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकका दमक क्षेत्रीय कार्यालयका सम्बन्ध प्रबन्धक विशाल घिमिरेले र पञ्चमूलमा सञ्चालित शाखारहित बैंकिङ सेवाको उद्घाटन पञ्चमूल गाउँपालिका –१ का वडा अध्यक्ष लोकप्रसाद ढकालले गरेका हुन् ।

साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीय बासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

हाल बैंकले देशभर २ सय ८४ शाखा कार्यालय, २ सय ८९ एटीएम, ४२ वटा एक्स्टेन्सन काउण्टर र ३१ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x