डिजिटल भुक्तानी प्रवद्र्धनका लागि क्लियरिङ हाउस र सक्षमबीच सहकार्य

काठमाडौं, २० जेठ । डिजिटल भुक्तानी प्रणाली विस्तार तथा पवद्र्धन गर्न नेपाल क्लियरिङ हाउस र युकेएडको सक्षमले साझेदारी गर्ने भएका छन् । उक्त सहमतिपत्रमा नेपाल क्लियरिङ हाउस प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान र सक्षमका टीम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार कनेक्ट आईपीएस ई–पेमेण्ट प्रणालीको प्रवद्र्धन गर्ने तथा यसबारे सचेतना जगाउने र तालिम दिने, नेश्नल पेमेण्ट इण्टरफेस निर्माण गरी लागू गरिने छ । यसबाट नेपाल भरिका बैंक तथा वित्तीय संस्थाहरु लगायत तिनका ग्राहकहरु, सरकारी तथा अर्ध(सरकारी निकायहरु, ठूला कर्पोरेटहरु, साना तथा मझौला कम्पनीहरु लाभांविन्त हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *