प्रभु बैंकको बल्खु र लमही शाखा सञ्चालनमा
काठमाडौं, २० जेठ । प्रभु बैंक लिमिटेडले काठमाडौं महानगरपालिकाको बल्खु र दाङको लमहिमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. १४ मा बल्खु शाखा र दाङको लमही नगरपालिका वडा नं. ०५ मा लमही शाखा सञ्चालनमा ल्याएको हो ।
बल्खु शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले गरेका हुन् भने लमही शाखाको उद्घाटन लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर के.सी.ले गरेका हुन् । उक्त शाखा कार्यालयहरु विस्तार भएसँगै बैंकिङ्ग पहुँचभन्दा टाढा रहेका सेवाग्राहीहरु बैंकिङ्ग पँहुच भित्र आउनुका साथै सम्बन्धित क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास छ ।