Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

तेस्रो हिमालयन ट्राभल मार्ट बिहिबार देखि काठमाडौंमा हुँदै

तेस्रो हिमालयन ट्राभल मार्ट बिहिबार देखि काठमाडौंमा हुँदै

काठमाडौं, २० जेठ । आउँदो बिहिबार देखि काठमाडौंमा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र एसिया प्यासिफिक ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरको सहकार्यमा मार्ट आयोजना हुन लागेको हो ।

सोल्टी होटलमा आइतबार सम्म चल्ने मार्टको यो तेस्रो संस्करण हो । सन २०१७ देखि वार्षिक रुपमा आयोजना हुँदै आएको मार्टले नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटकीय गन्तव्यका रुपमा विश्व सामू स्थापित गर्ने अपेक्षा गरिएको छ । मार्टमा नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्ड लगायतका मुलुकबाट ५४ विक्रेता कम्पनी तथा संस्थाहरुले सहभागिता जनाउने पाटाले जानकारी दिइएको छ ।

त्यस्तै मार्टमा ३८ जना अन्तर्राष्ट्रिय ट्राभल ब्लगर्स तथा मिडिया प्रतिनिधिहरुले समेत सहभागिता जनाउने छन् । तेस्रो ट्राभल मार्टले नेपाल भ्रमण बर्ष २०२० को पूर्वतयारी एवम् निर्धारित लक्ष्य प्राप्तिमा समेत सहयोग पुग्ने पाटाको अनुमान छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x