सोमबार पनि सेयर बजारमा गिरावट, परिसूचक १२९२.८४ विन्दुमा
काठमाडौं, २० जेठ । सोमबार (आज) सेयर बजारमा दोहोरो अंकले गिरावट अएको छ । साताको पहिलो दिन हिजो १३.६९ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज भने आंशिक सुधार भई १२.८४ अंकले घटेर १२९२.८४ विन्दुमा बन्द भएको छ।
१ सय ७१ कम्पनीको २१ लाख ७६ हजार ३७० कित्ता सेयर खरिदविक्री हुँदा ६९ करोड ८७ लाख ३९ हजार ७०६ रुपैयाँको कारोबार भएको छ । त्यस्तै सबैभन्दा बढी सेयर कारोबार एनआइसी एशिया बैंक लिमिटेडको भएको छ । उक्त बैंकको ९ करोड ६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
त्यस्तै सबैभन्दा बढी कमाउँनेमा तारागाउँ रिजेन्सी होटेल लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त होटलको प्रतिसेयर मूल्य ७.५० प्रतिशतले बढेको छ । सबैभन्दा बढी गुमाउँनेमा पाँचथर पावर कम्पनी लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त पावर कम्पनीको प्रतिसेयर मूल्य ९.५२३८१ प्रतिशतले घटेको छ । त्यसैगरी नेप्सेमा १२ समूहमध्ये सबैको उपसूचक घटेको छ ।