Date

मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025

सन नेपाल लाइफले ISO/IEC 27001:2022 प्रमाणपत्र नवीकरण गर्दै

सन नेपाल लाइफले ISO/IEC 27001:2022 प्रमाणपत्र नवीकरण गर्दै

काठमाडाैं, १८ कार्तिक । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनाइटेड किङडम अक्रेडिटेसन सर्भिस (UKAS) मार्फत बेलायतको एम्टिभो लिमिटेडबाट प्राप्त ISO/IEC 27001:2022 प्रमाणपत्रमा निरन्तरता हासिल गरेको छ।

कम्पनीले गत महिना गराएको सम्परीक्षणमा सबै सूचना सुरक्षा प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित भएको प्रमाणित भएपछि प्रमाणपत्र नवीकरण गरिएको हो। यस मानकले कम्पनीले अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू पालन गरेको पुष्टि गर्दछ।

सन नेपाल लाइफले जोखिममा आधारित जीवन बीमा प्रणाली र संस्थागत सुशासन सम्बन्धी नियामकीय व्यवस्थाहरू प्रभावकारी रूपमा पालना गर्दै आएको आधारमा यो नवीकरण प्राप्त भएको हो।

नेपालको बीमा क्षेत्रमा ISO/IEC 27001:2022 प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनी बन्ने गौरव पनि यससँगै सन नेपाल लाइफलाई प्राप्त भएको छ।

कम्पनीले प्रमाणपत्र नवीकरणसँगै सूचना सुरक्षा प्रणालीलाई निरन्तर मजबुत बनाउने प्रतिबद्धता जाहेर गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *