Date

मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025

निर्वाचन आयोगले फागुन २१ का लागि मतपेटिका पुनः प्रयोग गर्ने निर्णय

निर्वाचन आयोगले फागुन २१ का लागि मतपेटिका पुनः प्रयोग गर्ने निर्णय

काठमाडाैं, १८ कार्तिक । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका लागि नयाँ मतपेटिका खरिद नगर्ने निर्णय गरेको छ। आयोगका अनुसार, पहिले प्रयोग भएका मतपेटिकाहरू पुन: प्रयोग गर्न सकिने अवस्था तयार छ।

निर्वाचन आयोगले चुनावका लागि आवश्यक बजेट तयार गरी अर्थ मन्त्रालयमा पेश गरिसकेको छ। अनुमानित खर्च साढे सात अर्ब रुपैयाँ रहेको बताइएको छ। हाल बजेट स्वीकृत प्रक्रियामा छ।

बजेट स्वीकृत भएपछि आयोगले अन्य आवश्यक सामग्री खरिदको प्रक्रिया अघि बढाउने तयारीमा छ। मतपेटिका बाहेक पूर्व तयारीका सामग्रीहरू पनि पुनः प्रयोग गर्ने योजना आयोगले बनाएको छ।

आयोगले यस निर्णयले स्रोतको प्रभावकारी उपयोग हुने र चुनावी तयारीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *