Date

मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

काठमाडाैं, १८ कार्तिक । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य आज तोलामा १,४०० रुपैयाँले घटेर कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा २,३८,३०० रुपैयाँ कायम भएको छ। सोमबार यो मूल्य तोलामा २,३९,७०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ३,६०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ३,५१५ रुपैयाँ कायम भएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *