आगामी वर्षको बजेटमाथि छलफल: सत्तापक्षका सांसद हर्षित, प्रतिपक्षका सांसद अन्योलमा
काठमाडौं, २१ जेठ । अर्थमन्त्री डा.युवराज खतिवडाले गत जेठ १५ गते संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट माथि आज तेस्रो दिन पनि छलफल भइरहेको छ । उक्त छलफलमा सत्ता पक्षका संसदले बजेटको प्रसंशा गरेका छन् भने प्रतिपक्ष दलका नेताहरु भने खुसी हुने कि दुखी हुने अन्योलमा देखिएका छन् ।
सत्ता पक्षका संसद्हरुले बजेटको रक्षा गर्नका लागि आफूहरु चौकिदारको रुपमा प्रस्तुत हुने बताएका छन् । त्यस्तै उनीहरुले बजेटको विरोध गर्नेहरुले गिद्धे आँखा लगाएको पनि जनाएका छन् । अब यसको रक्षाका लागि अर्थमन्त्रीले नै सुझाउँनु पर्ने सत्तापक्षका संसद्को भनाई छ । त्यस्तै प्रतिपक्ष दलका नेपताहरुले आफूहरु संसद भएर रमाउने कि नागरिक भएर दुखी हुने भनेर अर्थमन्त्रीलाई प्रश्न गरेका छन् ।
बजेटमाथिको छलफल आजसम्म चल्ले छ । उक्त छलफलमा उठेका प्रश्नहरुमाथि अर्थमन्त्रीले प्रतिक्रिया दिने कार्यक्रम रहेको छ ।