Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सन्राइज बैंकका ग्राहकले भारतका अस्पतालहरुमा ५ देखि ५० प्रतिशत छुट पाउँने

सन्राइज बैंकका ग्राहकले भारतका अस्पतालहरुमा ५ देखि ५० प्रतिशत छुट पाउँने

काठमाडौं, २१ जेठ । सन्राइज बैकले उपचार गर्न भारत जाने नेपाली ग्राहकहरुको लागि हेल्थ केयर कार्डको सुभारम्भ गरेको छ । उक्त डेविट कार्डको प्रयोग कर्ताले भारतका विभिन्न अस्पतालमा ५ देखि ५० प्रतिशत छुट पाउँने भएका छन् ।

हेल्थ केयर कार्ड लिनको निम्ति उपचारको लागि जान चाहेको भारतको अस्पताको विवरण र डाक्टरको सिफारिस वा अन्य जानकारीको कागजपत्र बैकमा पेश गर्नु पर्ने छ । यदि कुनै सिफारिस वा थप अन्य जानकारीको कागजपत्र नभएको अवस्थामा पनि उक्त कागजपत्रहरु उपचार पश्चात दिने शर्तमा हेल्थ केयर कार्ड लिन पनि सकिने बैंकले जनाएको छ । साथै हेल्थ केयर कार्ड विरामी आफै उपस्थित हुन नसकेको अवस्थामा विरामीको नजीकको नातेदारको नाममा पनि जारी गर्न सकिने छ ।

यसका साथै सन्राइज बैंकले दिँदै आएको स्वास्थ्य योजना अनुसार बैंकका बचतकर्ताहरmले अस्पताल भर्ना भइ स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च बढीमा १ लाख रmपैयाँ वा बचत खातामा रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने छन् । बिगतका योजना अनुसार वर्षमा एक चोटी बीमा दाबी गर्न सकिन्थ्यो भने २०७५ चैत्र १ गते देखि ग्राहकको सुविधालाई मध्यनजर गर्दै बर्षमा ३ पटकसम्म बीमा दाबी गर्न सक्ने योजना अगाडी ल्याइएको बैंकले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x