आगामी आर्थिक वर्षको बजेटले हस्तकलालाई सम्बोधन गर्न नसकेको महासंघको टिप्पणी
काठमाडौं, २१ जेठ । नेपाल हस्तकला महासंघले आगामी बजेटले हस्तकला उद्योगलाई सम्बोधन गर्न नसकेको निष्कर्ष निकालेको छ । आगामी बजेटले निर्यात प्रवद्र्धन गर्ने र गरिवी न्यूनिकरणमा सघाउ पु¥याई राष्ट्रिय अर्थतन्त्रमा अहम भुमिका खेल्ने हस्तकला उद्योग व्यवसायलाई सम्बोधन नगरेको निष्कर्ष निकालेको हो ।
व्यापार घाटा चुलिदै गएको वर्तमान अवस्थामा आयात प्रतिस्थापन गर्ने उद्योगका रुपमा विस्तार हुँदै गएको हस्तकला व्यवसाय प्रति सरकारले सकारात्मक रुपमा सम्बोधन गर्न नसकेको महासंले जनाएको छ । ग्रामीण स्तरका विपन्न समूदायसम्म पु¥याउँन सकिने उद्योग व्यवसायको प्रवद्र्धनका लागि कुनै ठोस कार्यक्रम र वजेट विनियोजन नभएको पनि महासंघको ठम्याई छ ।
त्यस्तै देशभित्र रोजगार सृजना गर्नको लागि प्रधानमन्त्री रोजगार प्रवद्र्धन कार्यक्रमको लागि पर्याप्त छुट्याइएको बजेको भने महासंघले स्वागत गरेको छ । उक्त बजेट सीप विकास, सीप हस्तान्तरण र सीप अभिबृद्धि हुने खालका तालिम तथा कार्यक्रममा उपयोग हुनुपर्ने महासंघको धारणा रहेको छ ।
प्रस्तूत बजेटले धेरै क्षेत्रलाई खुशी पार्ने उद्देश्य बोकेको देखिएता पनि यसको कार्यान्वयन पक्ष फितलो भयो भने यो बजेट पनि विगतका बजेट जस्तै नाराहरुको रुपमा सीमित रहने महासंघको आकलन छ ।