Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पशुपतिको चल अचल सम्पति सार्वजनिक: १ अर्व २९ करोड नगद मौज्दात, १८ हजार ३ सय ४३ रोपनी जग्गा फेला

पशुपतिको चल अचल सम्पति सार्वजनिक: १ अर्व २९ करोड नगद मौज्दात, १८ हजार ३ सय ४३ रोपनी जग्गा फेला

काठमाडौं, २३ जेठ । हिन्दुहरुको पवित्र धार्मिकस्थल आराध्यादेव पशुपतिनाथको नाममा १ अर्ब २९ करोड ३८ लाख रुपैयाँ नगद मौज्दात रहेको छ । पशुपतिनाथको सम्पति तथा गुठी अध्ययन संरक्षण समितिले हिजो उक्त विवरण सार्वजनिक गरेको हो । त्यस्तै देशका विभिन्न स्थानमा १८ हजार ३ सय ४३ रोपनी जग्गा फेला परेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

पशुपतिनाथका नाममा विभिन्न जिल्लामा रहेको २ सय ३१ रोपनी जग्गा भने अझै फेला परेको छैन । पछिल्लो समय सरकारी, सार्वजनिक तथा गुठी जग्गा अपचलनका घटना बाहिरिए पनि पशुपति क्षेत्र विकास कोषले भने अहिलेसम्म कतै पनि अतिक्रमणमा नपरेको दाबी गरेको छ ।

पशुपतिनाथको मूल ढुकुटीबाहेकको भण्डारमा विसं २०१९ सालदेखि २०७५ सालसम्म भक्तजनबाट चढाइएको जम्मा ९ किलो सुन र ३ सय १६ किलो चाँदी भेटिएको छ । २०१९ सालअघिको भने कुनै मुचुल्का नभेटिएको समितिले जनाएको छ । मूल ढुकुटीको सुनचाँदी र जवाहरतकाबारेमा भने सर्वोच्च अदालतले २०६६ सालमै यकिन गर्न बन्देज लगाएको छ ।

यस्तै, पशुपतिनाथको गौशाला, धर्मशाला, पशुपतिनाथ भण्डारण तहविल, अमालकोट कचहरी, जयबागेश्वरी लगायत क्षेत्रमा अतिक्रमणमा परेको जग्गा खोजबिन र संरक्षणको अवश्यकता देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x