Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कतार एयरवेजद्वारा सिआरएस कार्यक्रम सम्पन्न

कतार एयरवेजद्वारा सिआरएस कार्यक्रम सम्पन्न

काठमाडौं, २३ जेठ । कतार एयरवेजले कतार च्यारिटीसंगको सहकार्यमा रमदान र ईदको अवसर पारी संस्थागत सामाजिक उत्तरदायित्व (सिआरएस) कार्यक्रम सम्पत्र गरेको छ । अन्डरप्रिभिलेज्ड चिल्ड्रेन्स एजुकेसन प्रोग्राम नेपाल, प्रयास नेपाल, साङ्ग्रीला अफ्र्यानेज होम र मैंत्रेय फाउन्डेसन नेपालका एक सय बालबालिकाको लागि आयोजना गरिएको हो ।

काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापाले गरेकी थिइन् । उक्त कार्यक्रममा बालबालिकाको मनोरञ्जनका लागी म्युजिकल चेयर, डोरी तान्ने, अनुहारमा चित्र बनाउनुका साथै अन्य थुप्रै खेलहरु खेलाइएका थिए ।

त्यस्तै सहभागी हुने सबै बालबालिकाहरुलाई कतार एयरवेज नेपालका प्रमुख मोहम्मद एल इमामद्वारा उपहार पनि वितरण गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x