Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

समृद्ध नेपाल निर्माणमा सहयोग गर्न एनआरएनएलाई प्रधानमन्त्रीको आग्रह

समृद्ध नेपाल निर्माणमा सहयोग गर्न एनआरएनएलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं,२७ जेठ । प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपालीहरु (एनआरएनए )लाई समृद्ध नेपाल निर्माणको महाअभियानमा सहयोग गर्न आग्रह गरेका छन् ।  युरोप भ्रमणको क्रममा स्विट्जरल्यान्डको जेनेभास्थित नेपाली स्थायी नियोगले आयोजना गरेको रात्रीभोजलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक विकासको मार्गमा अघि बढिसकेको बताए। ‘कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले स्विट्जरल्यान्डमा रहेका गैरआवासीय नेपालीलाई आफ्नो स्रोत, विज्ञता, अनुभव र सीप नेपालको विकास तथा समृद्धिमा लगाउन आग्रह गरेका थिए । कार्यक्रममा दुई सयभन्दा बढी एनआरएनको उपस्थिति रहेको थियो।

प्रधानमन्त्री ओलीले आज अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकीको अवसरमा आयोजना गरिने विशेष समारोहलाई सम्बोधन गर्दैछन्। स्विट्जरल्यान्डको जेनेभामा हुने उक्त समारोहमा उनले श्रमका विषयमा नेपालको धारणा प्रस्तुत गर्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *