Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनबीआई र ‘अफ्लाटोन इन्टरनेशनल’बीच सम्झौता

एनबीआई र ‘अफ्लाटोन इन्टरनेशनल’बीच सम्झौता

काठमाडौं, ५ असार । नेशनल बैंकिङ्ग इन्स्च्युट (एनबीआई) र नेदरल्याण्डको एक गैरसरकारी संस्था ‘अफ्लाटोन इन्टरनेशनल’बीच सामाजिक तथा वित्तीय शिक्षाको विकास गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता दक्षिण अफ्रिकाको जोहानेस्वर्गमा आयोजित एक समारोहमा भएको हो ।

सम्झौतापत्रमा एनबीआईका प्रमुख कार्यकारी अधिकृत सन्जीब सुब्बा र अफ्लाटोन इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत रोयल्याण्ड मोनाशद्वाराले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार अफ्लाटोनद्वारा विकास गरिएका वित्तीय साक्षरता सम्बन्धी विभिन्न प्राविधिक कुरामा एनबीआईको सहज पहुँच पुग्ने जनाइएको छ ।

अफ्लाटोनले विश्वभरीका युवा तथा बालबालिकाहरुको लागि सामाजिक शिक्षा तथा वित्तीय साक्षरताको अवसर प्रदान गर्दै आएको एनबीआईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । हाल विभिन्न ३५ मुलुकका सरकार र २ सय ७५ वटा साझेदार कम्पनीसहित वार्षिक १ सयभन्दा बढी राष्ट्रका ८६ लाखभन्दा बढी युवा तथा बालबालिकाहरुमा सामाजिक शिक्षा तथा वित्तीय साक्षरता सम्बन्धी जनचेतना फैलाइरहेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x