सेयर बजारमा ५.९० अंकले सुधार
काठमाडौं, ५ असार । साताको अन्तिम कारोबार दिन बिहिबार (आज) सेयर बजारमा सुधार देखिएको छ । बुधबार ०.२० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ५.९० अंकले सुधार भई १२६४.३६ बिन्दुमा बन्द भएको छ ।
१ सय ७१ कम्पनीको १३ लाख ७५ हजार ५४१ कित्ता सेयर खरिद–विक्री हुँदा ३७ करोड ५३ लाख १५ हजार २०४ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार शिवम् सिमेण्ट लिमिटेडको भएको छ । शिवम्को आज ३ करोड १ लाखभन्दा बढी सेयर कारोबार भएको हो ।
त्यस्तै सबैभन्दा बढी कमाउनेमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त लघुवित्तको प्रतिसेयर मूल्य ९.८७ प्रतिशतले बृद्धि भएको छ । सबैभन्दा बढी गुमाउनेमा रिलायन्स फाईनान्स लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त फाईनान्सको प्रतिसेयर मूल्य ५.२६३१६ प्रतिशतले घटेको छ ।
नेप्सेमा सूचिकृत ११ समूहमध्ये ३ समूहको उपसूचकमा गिरावट आएको छ भने अन्य सबैको उपसूचकमा बृद्धि भएको छ । उपसूचक गिरावट आउने समूहमा फाईनान्स, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन रहेका छन् । उक्त समूहहरुको क्रमशः ०.०६, ०.१५ र ०.४७ प्रतिशतले उपसूचकमा गिरावट आएको हो ।