इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाईनान्सलाई प्राप्त गर्ने
काठमाडौं, ६ असार । इन्भेष्टमेण्ट बैंक लिमिटेडले जेबिल्स फाईनान्स लिमिटेडलाई प्राप्त गर्ने भएको छ । आज काठमाडौंमा आयोजित बैंकको विशेष साधारण सभाले उक्त फाईनान्स प्राप्त गर्ने प्रस्ताव पारित गरेको हो ।
उक्त फाईनान्स प्राप्त भए पश्चात बैंकको चुक्त पुँजी १२.८७ अर्ब पुग्ने जनाइएको छ । त्यस्तै कुल निक्षेप १ सय ४७ अर्ब रुपैयाँ पुग्ने र कुल कर्जा १ सय ३२ अर्ब रुपैयाँ पुग्ने बैकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकले ८० वटा शाखा, १ सय १२ वटा एटीएम, १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजस्व संकलन केन्द्र र ४९ वटा शाखारहित बैंकङ्ग सेवामार्फत् सेवा दिँदै आएको छ ।