Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

राजस्व छली गर्ने १५ जना विरुद्ध मुद्दा दायर

राजस्व छली गर्ने १५ जना विरुद्ध मुद्दा दायर

काठमाडौं, ६ असार । विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गरेर नक्कली बिजक तयार एवं बिक्री गरी करीब तीन अर्ब रुपैयाँ राजस्व छली गर्ने १५ जना विरुद्ध मुद्दा दायर गरिएको छ ।

सुनसरीको इनरुवा नगरपालिका–९ वलाहा घर भई हाल भक्तपुरको ठिमि बस्ने गोपालप्रसाद भट्टराईसहित १५ जनाले कर छली गरी ठगी गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ । विभागका अनुसार उनीहरु विरुद्ध दुई अर्ब ९८ करोड ५७ लाख ५७ हजार रुपैयाँ ११५ विगो कायम गरी विगोको दुई गुणा जरिवाना र तीन वर्ष कैद सजायको माग दावीसहित काठमाण्डौ जिल्ला अदालतमा विहीबार मुद्दा दायर गरिएको हो ।

तिनीहरुले विनोद धमाला, सन्तोषकुमार कार्की, मेघबहादुर श्रेष्ठ, धनबहादुर भोम्जन, भरतबहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला ९दमाई० र पार्वती सूचीकारका नाममा आठ वटा फर्म दर्ता गरेर नक्कली बिजक तयार गरी राजस्व छलेको अनुसन्धानमा खुलेको छ ।
उक्त फर्मबाट गोपालप्रसाद भट्टराई र रिम्बरध्वज कार्कीले वस्तु तथा सेवाको खरिद बिक्रीको कारोवार नै नगरी झुटा बिजक बनाएर राजस्व चुहावट गरेको खुल्न आएको जनाइएको छ ।

राजस्व चुहावटमा फर्मका प्रोपाइटर भट्टराई र कार्कीको मुख्य संलग्नता देखिएकाले कर छली गरेको रकमको बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिवाना तथा तीन वर्षसम्म कैद सजायको माग गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x