Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सामाजिक सञ्जालको दुरुपयोग बढ्यो, यसलाई रोक्न विधेयकले सहयोग गर्छः सञ्चारमन्त्री बाँस्कोटा

सामाजिक सञ्जालको दुरुपयोग बढ्यो, यसलाई रोक्न विधेयकले सहयोग गर्छः सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं, ६ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बताएका छन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’का सम्बन्धमा आज आयोजित छलफलमा उनले नेपाली समाजमा सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बताएका हुन् ।

त्यस्ता विकृतिहरुलाई रोक्नको लागि ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ले सहयोग गर्ने बताए । उनले भने–‘उक्त विधेयक पत्रकारिता क्षेत्रका लागि नभई सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणका लागि ल्याइएको हो ।’ मन्त्री बाँस्कोटाले थपे–‘ विधेयक खासगरी सामाजिक सञ्जालसँगको दुरुपयोग रोक्नका लागि हो, मेनस्ट्रीम जर्नालिज्मसँगको कुरा होइन ।’

सामाजिक सञ्जालबाट मानिस पीडित हुने र यौन हिंसासमेत बढ्दै गएको छ भन्दै उनले हरेक कुरा नियन्त्रण नै हो की भनेर मनको बाघले खाने कुरा नगर्न अनुरोध गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x