ठमेल पछि अव पशुपति पनि सवारी निषेधित क्षेत्र
काठमाडौं, १२ पुस । विश्व सम्पदा सूचिमा सूचिकृत पशुपतिनाथ क्षेत्रलाई चार पांग्रे सवारी निषेधित क्षेत्र घोषणा गरिएको छ । दर्शनार्थीको समस्यालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा महानगरिय ट्राफिक महाशाखाले मंगलबार देखि यस्तो नियम लागु गरेको हो ।
एम्बुलेन्स, शववाहन र अन्य अत्यावश्यक सवारीका साधनहरुले पनि प्रवेश पाउने छन् । अन्य सवारीका साधनहरुका लागि भने पहिले पनि प्रयोग हुँदै आएको वनकाली चौर, उत्तरमा उमा कुण्ड र तीलगंगा गरी तीन स्थानमा सशुल्क पार्किङको व्यवस्था गरिएको कोषले जनाएको छ ।
धार्मिक क्षेत्र शंख, घण्टले भन्दा पनि सवारी साधनको आवाजले धार्मिक वातावरण खल्बल्याएको कारण सवारी निषेध गरिएको कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिए ।
यसअघि कात्तिक पहिलो साता देखि पर्यटकीय नगरि ठमेलमा पनि सवारी प्रवेशमा रोक लगाइएको छ । त्यहाँको सकारात्मक प्रतिक्रियाका आधारमा पशुपतिमा पनि यस्तो नियम लागु गरेको ट्राफिक महाशाखाले जनाएको छ । सवारी निषेध गरेसँगै पशुपतिको दर्शन गर्न जाने यात्रुहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।