लक्ष्मी बैंकको सेवा अब भाइबरमा

काठमाडौं, १२ पुस । नेपालमा लोकप्रिय भएको म्यासेजिङ्ग प्लाटफर्म– भाइबरमा लक्ष्मी बैंक पनि आबद्ध भएको छ । भाइबरको “लक्ष्मी बैंक पब्लिक एकाउन्ट”मा आबद्ध भए पछि विभिन्न बैंक सम्बन्धित सूचनाहरु सहज रुपमातत्कालै प्राप्तगर्न सकिने जनाइएको छ ।ग्राहकहरुले भाइबर सेवाअन्तर्गत आफ्नो खाताको विवरण, व्यालेन्स, मिनि स्टेटमेन्ट लगायत बैंकका शाखाहरु, बैंकका एटिएमहरु कहाँकहाँ छन् भन्ने जानकारी, विदेशीमुद्राको विनिमयदर, जस्ता थुप्रै जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

लक्ष्मी बैंकको शाखा संजाल ७४, ३ हस्पिटल सेवा काउन्टर, ९५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु छन् । सन् २००२ देखि लक्ष्मी बैंकले नविनतम् प्रविधिहरुको प्रयोग गर्दैआफ्नो बैंकिङ्ग सेवाप्रदानगर्दै आएको छ । यसै सिलसिलामालक्ष्मी बैंकको डिजिटल बैंकिङ्ग सेवाअन्तर्गत भाइबर सेवाले ग्राहकहरुलाई सहजतरिकाबाट बैंकमा सुविधाहरु प्राप्तगर्ने विकल्प समेत प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *