Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

विद्युतीय राहदानी वितरणको तयारीमा सरकार, छपाईको जिम्मा निजी कम्पनीलाई दिने

विद्युतीय राहदानी वितरणको तयारीमा सरकार, छपाईको जिम्मा निजी कम्पनीलाई दिने

काठमाडौं, २० असार । सरकारले आगामी सन् २०२० भित्र विद्युतीय राहदानी वितरण गर्ने भएको छ । हाल वितरण गर्दै आएको राहदानीलाई विस्थापन गरी विद्युतीय राहदानी वितरण गरिने राहदानी विभागका निर्देशक राजेन्द्र पाण्डेले जानकारी दिए ।

निर्देशक पाण्डेका अनुसार विभागले विद्युतीय राहदानीका लागि निजी कम्पनीहरुलाई जिम्मा दिने छ । त्यसका लागि आवश्यक कागजातहरु तयार गर्ने काम अगाडी बढाइ सकेको र छिटै मन्त्रीपरिषद्बाट निर्णय गरि राहदानी बनाउने कम्पनी छनौटका लागि टेण्डर आह्वान गरिने जानकारी दिइएको छ। पाण्डेले भने–‘आवश्यक कागजपत्रहरुको तयारी गरिरहेका छौं । केही समयपछि नै मन्त्रीपरिषद्बाट पारित गरी टेण्डरको प्रक्रिया अगाडी बढाउने छौं ।’ यसको लागि केही समय लाग्ने उनको भनाई छ । उनले भने–‘यो निर्णय हुन केही समय लाग्न सक्छ तर हामीले २०२० भित्र नै काम सम्पन्न गर्ने गरी योजना बनाएका छौं ।’ सर्वसाधारणले २०२० को अन्त्यसम्ममा विद्युतीय राहदानी प्राप्त गर्नसक्ने उनको भनाई छ ।

साधारण राहदानीभन्दा विद्युतीय राहदानी छपाईमा सरकारी खर्च बढ्ने पाण्डेले जानकारी दिए । तर, सर्वसाधारणलाई भने पहिले उपलब्ध गराउँदै आएको मूल्यमा नै विद्युतीय राहदानी प्राप्त हुने उनले अर्थको अर्थलाई जानकारी दिए ।

विद्युतीय राहदानीलाई मेसिनले आफै रिड गर्ने छ । यतिमात्र विद्युतीय राहदानी प्रयोग कर्ताले अगाडी ढोकामा देखाएपछि उसको अनुहार र राहदानीमा भएको फोटोलाई रिड गरेर ढोका आफै खुल्ने छ । हाल यस्तो राहदानी सिंगापुरमा प्रचलनमा रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x