Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

वाणिज्य बैंकबीच विग मर्जरको पहिलो सम्झौता, ग्लोबल आइएमई र जनता बैंक एकआपसमा गाभिने

वाणिज्य बैंकबीच विग मर्जरको पहिलो सम्झौता, ग्लोबल आइएमई र जनता बैंक एकआपसमा गाभिने

काठमाडौं, २० असार । ग्लोबल आइएमइ बैंकले जनता बैंक नेपाल एकआपसमा गाभिने भएका छन् । दुबै बैंकका संचालक समिति अध्यक्षबीच गाभिने सम्बन्धि प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको छ।

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि मर्जरको प्रस्ताव ल्याउन बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएका थिए । त्यसयता बैंकहरु मर्जरका लागि जोडी खोज्नमा तल्लिन थिए । यसअघि ग्लोबल आइएमई र मेगा बैंकबीच मर्जरका लागि छलफल समेत भएको थियो ।

बैंकको नाम ग्लोबल आइएमइ नै राख्ने र सञ्चालकमा ग्लोबलको पाँच र जनताबाट दुई जना आउने बताइएको छ। यी दुई बैंक गाभिएपछि पुँजी, शाखा संजाल र निक्षेप तथा कर्जा सबै हिसावले मुलुककै पहिलो ठुलो बैंक बन्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x