Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जनता बैंकका ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट

जनता बैंकका ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट

काठमाडौं, २० असार । जनता बैंक नेपाल लिमिटेडका कर्मचारी र ग्राहकहरुले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउँने भएका छन् । चाबहिलस्थित ओम हस्पिटल र जनता बैंकबीच ग्राहकहरुलाई छुट दिने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा हस्पिटलका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की र बैंकको चाबहिल शाखाका शाखा प्रबन्धक सुरेश गौतमले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओ.पि.डि. सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा, बेड चार्ज तथा अप्रेशनमा छुट सुविधा प्रदान गरिने जनाईएको छ । छुट सुविधा अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटीएम कार्ड अथवा ग्राहकको परिचय खुल्ने कुनै कागजात पेश गरी लिन सक्ने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x