नेपाल एयरलाइन्सले जहाज ऋणको ५३ करोड भुक्तानी गर्यो
काठमाडाैं, २ कार्तिक । नेपाल वायुसेवा निगमले न्यारोबडी र वाइडबडी जहाज खरिदका लागि लिएको ऋणको असोज मसान्तसम्म ५३ करोड ९ लाख रुपैयाँ बराबरको किस्ता भुक्तानी गरेको छ।
निगमका अनुसार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमध्ये न्यारोबडी जहाजको किस्ता पूरा भइसकेको छ भने वाइडबडी जहाजको आंशिक भुक्तानी गरिएको छ।
हालसम्म निगमले जहाज खरिद सम्बन्धी कुल ८ अर्ब ४५ करोड रुपैयाँ बराबरको किस्ता रकम भुक्तानी गरिसकेको छ।
निगमले भुक्तानी कार्य सफलतापूर्वक अगाडि बढाइरहेको र आगामी समयमा बाँकी किस्ता समयमै चुक्ता गर्ने लक्ष्य रहेको जनाएको छ।




