श्री गोरक्षनाथ पीठ सिद्धाश्रम पुनर्निर्माण गर्न कामना सेवा बैंकको सहयोग

काठमाडौं, २० असार । कामना सेवा विकास बैंकले श्री गोरक्षनाथ पीठ सिद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको लेखनाथ, किङ्बेसीस्थित सिद्धाश्रमलाई भवन निर्माण गर्न १ लाख रुपैयाँ सहयोग गरेको हो ।
उक्त सहयोग रकम बैंकका सञ्चालकद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरेका हुन् । आर्थिक सहयोगबाट पौराणिक तथा धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको यस पीठको संरक्षण र पुनर्निर्माणमा टेवा पुग्ने विश्वास लिइएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकले ९१ वटा शाखा कार्यालय र ४४ वटा एटीएमार्फत् सेवा प्रदान गर्दै आएको छ ।