Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सात पर्यटन व्यवसायीले गरे नेकपाबाट अलग भएको घोषणा

सात पर्यटन व्यवसायीले गरे नेकपाबाट अलग भएको घोषणा

काठमाडौं, २० असार । पर्यटन व्यवसायी बोधराज भण्डारी सहित ७ जनाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएको घोषणा गरेका छन् । एक विज्ञप्ती जारी गदैै भण्डारी सहित गोकर्ण पोख्रेल, शेखर बहादुर थापा, शिवभक्त घिमिरे, ठाकुर धरेल र गुप्त बहादुर भण्डारीले पार्टीबाट अलग भएको घोषणा गरेका हुन ।

अमुक पार्टीको निष्कृय र दिशाहिन कार्यकर्ता भन्दा स्वतन्त्र र सामूहिक दबाब समूहको रुपमा राम्रो समर्थन र नराम्रोलाई विरोध गरि झकभक्याउने आमनागरिकको रुपमा रहने उनीहरुले बताएका छन् । ‘उत्साह र उमंगका साथ घरघरमा पार्टी आउला, संगठन आउला र सानो तिनो भएपनि एकीकृत र बृहत गौरवशाली पार्टीको समृद्ध नेपाल सुखी नेपाली बनाउने चहानामा इट्टा थप्ने काममा सरिक बनौला भन्ने उत्कट अभिलाषा थियो,’ विज्ञप्तीमा उल्लेख छ , ‘तर पार्टी आएन, पार्टी उतै कतै छलकपटमा अल्झियो, स्वार्थी, अवसरवादी, भ्रष्ट, दलाल, ठेकदार, तस्कर र विचौलिया आदिको सिमित घेरमा पार्टीलाई पारियो । ’

जनता र कार्यकर्तालाई साथ लिएर न्याय, स्वतन्त्रता, समावेशिता र सामाजिक रुपान्तण सहितको आधुनिक भौतिक विकासमा आग्रस हुने छाँटकाट नदेखिएको उनीहरुको आरोप छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x