Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

अजोड इन्स्योरेन्स स्थापनाको पहिलो वर्ष पूरा, एक वर्षमा ४० करोड प्रिमियम संकलन

अजोड इन्स्योरेन्स स्थापनाको पहिलो वर्ष पूरा, एक वर्षमा ४० करोड प्रिमियम संकलन

काठमाडौ., २० असार । अजोड इन्स्योरेन्स कम्पनीले स्थापनाको पहिलो वर्ष पार गरेको छ। यो अवधीमा कम्पनीले ४० करोड रुपैयाँ भन्दा बढी प्रिमियम संकलन गरेको छ।

त्यस्तै, कृषि र मोटर बीमामा ८५ प्रतिशत दाबी भुक्तानी गरेको छ । हाल कम्पनीको शाखा संख्या ३० वटा रहेको छ । आगामी आर्थिक वर्ष भित्रमा १५ शाखा कार्यालय विस्तारको लक्ष्य रहेको छ ।
कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । ३० करोड रुपैयाँ आगामी आर्थिक वर्षमा सर्वासधारणका लागि जारी गरिने छ। केही ठुला एयरलाइन्सहरुसँग हवाई बीमाका लागि प्रक्रिया अघि बढाएको र यसै आर्थिक वर्ष भित्रमा त्यसलाई पूर्णता दिने डेपुटी प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले जानकारी दिए ।

बार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गर्ने जनाइएको छ । भोली प्रभातफेरीको आयोजना गर्ने बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *