Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मर्जरका लागि प्रतिवद्ध रहेको बैंकर्सहरुको जनाउ, सहुलियत दिनुपर्ने माग

मर्जरका लागि प्रतिवद्ध रहेको बैंकर्सहरुको जनाउ, सहुलियत दिनुपर्ने माग

काठमाडौं, २० असार । वाणिज्य बैंकले मर्जर तथा एक्जिसनका लागि आफूहरू प्रतिबद्ध रहेको नेपाल राष्ट्र बैंकलाई जानकारी गराएका छन् । नेपाल हप्ता भित्र मर्जरको प्रस्ताव ल्याउन राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बिहीबार बैंकर्सहरुले त्यसका लागि प्रतिवद्ध रहेको र कमिटि गठन गरेको पत्र मार्फत जानकारी दिएका छन् ।

राष्ट्र बैंकले यही असार १२ गते एक साताभित्र मर्जरको प्रस्ताव दिन बैंकहरुलाइ निर्देशन दिएको थियो ।

यसैबीच, बिहीवार नै नेपाल बैंकर्स संघले मर्जरमा जाने बैंकलाई केही वर्षका लागि करमा विशेष छूट, ब्याजदर अन्तरमा थप केही मार्जिन र सञ्चालक समितिमा ११ जना राख्न पाउनुपर्ने व्यवस्था सहितको माग गरेको छ । मर्जरमा जान तयार बैंकका लागि थप सुविधा तथा सहुलियतको व्यवस्था मौद्रिक नीतिले समेट्नुपर्ने भन्दै हिजै ६ बुँदे सुझाव पेश गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x