लुम्बिनी विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानीका लागि सम्झौता
काठमाडौं, २० असार । लुम्बिनी विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्न सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र खल्तीका निर्देशक ध्रुब अधिकारीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले मोबाईल बैंकिङ सेवा प्रयोग गरी खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्ने छन् ।
यो सेवा बैंकका ६५ वटै शाखाहरुमा उपलब्ध रहेको बैंकले जनाएको छ । खल्तीसँगको यस्तो किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।