Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सन्राइज बैंकको शाखारहित बैंकिङ्ग सेवा तनहुँको सम्जुरमा

सन्राइज बैंकको शाखारहित बैंकिङ्ग सेवा तनहुँको सम्जुरमा

काठमाडौं, २० असार । सन्राइज बैंक लिमिटेडले तनहुँको भानु नगरपालिका वडा नं. १३ सम्जुरमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन वडा नं. १३ का अध्यक्ष राम बहादुर बानियाँले गरे ।

वडा अध्यक्ष बानियाँ र बैंकका गण्डकी प्रदेशका प्रमुख के.सी.ले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि अजिज मियालाई पोइन्ट अफ सेल मेसिन संयुक्त रुपमा हस्तानतरण गरेका छन् । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

हाल बैंकले ३७ वटा शाखारहित बैंकिङ्ग सेवा र १ सय १२ वटा शाखा कार्यालयमार्फत् सेवा प्रदान गर्दै आएको छ

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x