Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनआरएनएको सातौं महिला भेला म्यानमारमा

एनआरएनएको सातौं महिला भेला म्यानमारमा

काठमाडौं, २१ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय महिला भेला आजबाट म्यान्मारको याङगुनमा सुरु हुँदैछ । विशेषतः नेपालमा लगानी प्रर्वधन गर्ने मुख्य उद्देश्यका साथ सम्मेलन गर्न लागिएको हो ।

एसिया प्यासिफिक क्षेत्रका संयोजक किरण वित्रम थापाले बैठकमा नेपालको समृद्धिका लागि डायस्पोरोको भूमिका, साना तथा मझौला व्यवसायको लगानी र त्यसमा देखिएका नीतिगत अप्ठेरा अनि सम्भावनाकाबारे बृहत छलफल गरिने जानकारी दिइन । यस्तै एसियाली मुलुकका श्रम बजारमा नेपाली श्रमको प्रयोगमा रहेका समस्या पहिचान गर्दै समाधान र भिजिट नेपाल २०२० लाई सफल पार्न डायस्पोराको रणनीति लगायतका विषयमा कार्यपत्र पेश गर्ने तयारी रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x