Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भारतीय बजेटमा नेपाललाई दिने अनुदानमा ४० प्रतिशत बृद्धि

भारतीय बजेटमा नेपाललाई दिने अनुदानमा ४० प्रतिशत बृद्धि

काठमाडौं,२१ असार ।  भारतले नेपाललाई नेपाललाई दिँदै आएको अनुदान ४० प्रतिशत बृद्धि गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमनले लोकसभामा प्रस्तुत गरेको बजेटमा नेपाललाई १६ अर्ब ८० करोड रुपैयाँ (१० अर्ब ५० करोड भारतीय रुपैयाँ) विनियोजन गरेकी हुन्।  नेपाललाई सहयोग गर्न विनियोजन गरिएको यो रकम भुटानलाई विनियोजन गरिएको रकम भन्दा ५० प्रतिशत भन्दा कम हो ।

नेपाललाई अघिल्लो वर्ष ७ अर्ब ५० करोड भारतीय रुपैयाँ विनियोजन गरेको थियो। यस बर्ष १० अर्ब ५० करोड विनियोजन गरिएको छ । तर भुटनका लागि भने भारतीय सरकारले २१ अर्ब ३५ करोड भारतीय रुपैयाँ विनियोजन गरेको छ। यो बाहेक भुटानले १० अर्ब ६५ करोड रुपैयाँ (६ अर्ब ६६ करोड भारतीय रुपैया) ऋण पनि पाउने छ। अनुदान र ऋण गरी भुटानका लागि यो ४४ अर्ब ९६ करोड रुपैयाँ विनियोजन गरिएको छ।लभारतीय बजेटमा छुट्याइएको रकम काठमाडौंस्थित भारतीय दूतावासमार्फत् परिचालन हुन्छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x