भुकम्पले भत्काएको राष्ट्र बैंकको बालुवाटार भवन निर्माण सुरु
काठमाडौं, २३ असार । भुकम्पका कारण क्षतिग्रस्त नेपाल राष्ट्र बैंकको बालुवाटर स्थित भवन पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ। राष्ट्रपति विद्यादेवि भण्डारीले आज भवन पुनर्निर्माणको शिलान्यास गरेकी हुन ।
सो कार्यक्रममा उनले सरकारले अघि सारेको विकास र समृद्धिको लक्ष्यलाई कार्यान्वयनमा लैजान राष्ट्र बैंकले सघाउनुपर्ने बताइन ।
त्यस्तै अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्र बैंक स्वयंत भएपनि त्यसको प्रयोग गर्दा जवाफदेहीता अपनाउनुपर्नेमा जोड दिए । राष्ट्र बैंकले वित्तीय प्रणालीको अभिभावकत्व लिने क्षमताको विकास गर्दै अघि बढ्नुपर्नेमा उनको जोड थियो ।