Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पाटा नेपालद्वारा ३४ जनालाई होटल व्यवस्थापन तालिम प्रदान

पाटा नेपालद्वारा ३४ जनालाई होटल व्यवस्थापन तालिम प्रदान

काठमाडौं, २३ असार । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले लुम्बिनीमा ‘स्मार्ट प्राक्टिसेस फर म्यानेजिङग होटल’ तालिम सम्पन्न गरेको छ। लुम्बिनीस्थित बुद्धमाया गार्डेन होटलमा ‘स्मार्ट प्राक्टिसेस फर म्यानेजिङ्ग होटल’ एक हप्ते मानव संशाधन तथा जनशक्ति विकास तालिम कार्यक्रम सम्पन्न गरेको हो ।

पाटा नेपाल च्याप्टरद्वारा स्थापित ‘पाटा स्कुल अफ हस्पिटालिटी’ ले नेपाल पर्यटन बोर्ड, रेसिडेन्सी होटल एकेडेमी र बुद्धमाया गार्डेनको सहकार्य तथा सहयोगमा आयोजना गरेको यस कार्यक्रममा लुम्बिनी क्षेत्रमा रहेका १७ वटा विभिन्न होटल तथा रेस्टुरेन्टहरुबाट ३४ जना होटल व्यवसायी तथा कर्मचारीहरुले सहभागिता जनाएका थिए । तालिममा होटल व्यवसाय सफल रुपमा सञ्चालनका लागि आधारभूत, नविनतम् तथा सफल अभ्यासहरु अन्तर्गत फ्रन्ट अफिस, हाउस किपिङ्ग, फुड प्रोडक्सन तथा सर्भिस (सेवा) ब्यवस्थापनका पक्षहरु, सीप र व्यक्तित्व विकास लगायत प्रभावकारी मेनु इन्जिनियरिङ्ग , स्रोतहरुको अधिकतम उपयोग, फोहोर व्यवस्थापन इत्यादि विषयमा प्रशिक्षण गराइएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x