Date

सोम, कार्तिक ३, २०८२
Mon, October 20, 2025

एनआईसी एशिया बैंकका एकैसाथ ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

एनआईसी एशिया बैंकका एकैसाथ ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं, २३ असार । एनआईसी एशिया बैंकले एकैसाथ ३ वटा स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले झापाको अर्जुनधारा नगरपालिका वडा नं. २ खुदनाबारी, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ११ मोग्लाह र मोरङ्गको सुनबर्षी नगरपालिका वडा नं. २ अमरदहमा गरी ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले संचालनमा ल्याएको खुदुनाबारी शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सोही वडाका वडा अध्यक्ष रघुनाथ खनालले गरे । त्यस्तै मोग्लाह शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष खुर्सेद आलमले र अमरदह शाखारहित बैंकिङ्गसेवाको उद्घाटन सुनबर्षी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष टेक बहादुर विष्टले गरे ।

उक्त शाखारहित बैंकिङ्ग सेवाबाट स्थानीयहरुले विभिन्न निक्षेप खाता खोल्न, तोकिएको सीमासम्मको रकम जम्मा गर्न वा झिक्न, मोबाइल रिचार्ज गर्न, उपयोगी सेवाको महसुल भुक्तानी गर्न, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्न, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न, खातामा रहेको रकमको जानकारी लिन र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल बैंकले २ सय ८५ शाखा कार्यालय, ३ सय एटीएम, ४७ वटा एक्स्टेन्सन काउण्टर र ४० वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *