मुक्तिनाथ विकास बैंक र राष्ट्रिय बीमा कम्पनीले व्यवसाय विस्तारमा सहकार्य गर्ने
काठमाडौं, २५ असार । मुक्तिनाथ विकास बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच व्यवसाय आदान प्रदान सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बीमा कम्पनीले बैंकिङ्ग सम्बन्धी कार्य गर्दा मुक्तिनाथ विकास बैंकलाई प्राथमिकता दिने र बैंकले आफ्नो सम्पत्ति तथा दायित्वको बीमा गर्दा उक्त बीमा कम्पनीलाई प्राथमिकता दिईने बैंकले जनाएको छ ।
सम्झौता पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्याल र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका हुन् । हाल बैंकले १ सय १९ वटा शाखा कार्यालय, २५ वटा एटीएममार्फत् सेवा प्रदान गर्दै आएको छ ।