Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एभरेष्ट बैंकले फिनलेट नेपालको सहकार्यमा वित्तीय साक्षरता कक्षा सञ्चालन गर्ने

एभरेष्ट बैंकले फिनलेट नेपालको सहकार्यमा वित्तीय साक्षरता कक्षा सञ्चालन गर्ने

काठमाडौं, २५ असार । एभरेष्ट बैंकले वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गर्ने भएको छ । बैंकले धरान, सुनसरीका १० विद्यालयमा वित्तीय साक्षरता कक्षा सञ्चालन गर्न फिनलेट नेपालसँग सहकार्य गरेको हो ।

‘स्कुल बुक’ नाम दिइएको ५ महिना लामो वित्तीय साक्षरता कार्यक्रमले बालबालिका र अविभावकहरुलाई वित्तीय क्षेत्रलाई सहज रुपमा बुझ्न मद्दत पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त कक्षामा मुद्रा व्यवस्थापन, बचत र खर्च, वित्तीय योजना र लगानीका सिद्धान्तहरुबारे सिकाउने बैंकले जनाएको छ ।

हाल बैंकले ९४ वटा शाखा कार्यालय, २८ राजस्व संकलन काउन्टर र १ सय १९ एटीएम मार्फत् सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x