Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

गौतमबुद्ध विमान स्थलमा उडानका लागि चीनको बुकिङ्ग

गौतमबुद्ध विमान स्थलमा उडानका लागि चीनको बुकिङ्ग

काठमाडौं,११ साउन । छिमेकी मित्रराष्ट्र चीनले निर्माणको अन्तिम चरणमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थलबाट सिधा उडान एव अवतरणको अधिकार सुनिश्चित गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका अधिकारी र चिनियाँ पक्षबीच बेजिङ्गमा दुई दिनसम्म भएको वार्तापछि हवाइ सेवा समझौता पुनरावलोकन गर्दै चीनले गौतम बुद्ध विमान स्थलमा उडानका लागि बाटो खुला गरेको हो । दुई राष्ट्रका उड्यान अधिकारी बीच पुरानो समझौता पुनरावलोकन लागि भएको समहती सँगै चीनले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मात्र होइन र पोखरामा बन्दै गरेको क्षेत्रीय विमानस्थलमा पनि उडान गर्न पाउने भएको छ  । नेपाल र चीनबीच २१ वर्षअघि भएको हवाई सेवा सम्झौता  पुनरावलोकन पछि दुवै विमानस्थल सञ्चालन भएलगत्तै चिनियाँ विमान कम्पनीहरुले ती विमान स्थलमा सिधा उडान गर्न पाउने सहमति भएको उपसचिव प्रमोद नेपालले जानकारी दिनुभयो ।

निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको धावन मार्ग

यसै गरी समझौता पुनरावलोकन पछि भएको नयाँ सम्झौता अनुशार अव नेपालमा दर्ता भएका एयरलाइन्सलाई बेइजिङ, सांघाई, ल्हासा, ग्वांङझाउ, कुनमिङ, छेन्दु र सियानका अतिरिक्त थप ८ वटा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न पाउने छन्  । चीनले थप ८ स्थानको नाम तोकेको छैन यद्यपी ती स्थान नेपाल आफैले आवश्यक्ताअनुसार तय गर्न सक्ने सम्झौतामा छ । योसंगै अब अन्तर्राष्ट्रिय उडान अनुमति प्राप्त गरेका नेपाली वायुसेवा कम्पनीले आफ्नो इच्छाअनुसार १५ वटा विमानस्थलमा सिधा उडान गर्न पाउने छन् । हाल राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमबाहेक, निजी क्षेत्रबाट हिमालयन एयरलाइन्स र बुद्ध एयरले मात्र अन्तर्राष्ट्रिय उडानको अनुमति पाएकाछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *