Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

अशोक लेलैण्डका ग्राहकलाई गरिमा विकास बैंकमा ७० प्रतिसम्म कर्जा सुविधा

अशोक लेलैण्डका ग्राहकलाई गरिमा विकास बैंकमा ७० प्रतिसम्म कर्जा सुविधा

काठमाडौं, १० साउन । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्डका ग्राहकले गरिमा विकास बैंक लिमिटेडमा ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्ने भएका छन् । अशोक लेलैण्डका ग्रहकलाई कर्जा सुविधा दिने सम्बन्धी सम्झौता पत्रमा बैंक र आईएमई मोटर्सबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र आईएमई मोटर्सका उपध्यक्ष इमरान ए. खानले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले उक्त बैंकबाट सहज रुपमा कर्जा सुविधा पाउने कम्पनीले जनाएको छ । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सहज वातावरण मिल्ने दुबै कम्पनीले विश्वास व्यक्त गरेका छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *