Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कृषि उद्यम गर्न चाहनेलाई राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

कृषि उद्यम गर्न चाहनेलाई राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

काठमाडौं, ३ भदौ । राष्ट्रिय वाणिज्य बैंक र ग्रामीण उद्यम विप्रेषण आयोजना बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाका निमित्त आयोजना प्रमुख अजय बर्तौलाले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको सिफारिसमा बैदेशिक रोजगारमा गएका परिवार तथा बैदेशिक रोजगारबाट फर्केका कृषि कार्य गर्न चाहने उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्ने छ । बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २ सय २२ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बैंकले जनाएको छ।

आयोजनाले हाल मोरङ्ग, सुनसरी, उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, खोटाङ्ग, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सिन्धुली, सर्लाही, रौतहट, बारामा कार्य जानकारी दिइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x