Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

राष्ट्रिय योजना आयोगमा एक कर्मचारी मृत भेटिए

राष्ट्रिय योजना आयोगमा एक कर्मचारी मृत भेटिए

काठमाडौं, ३ भदौ । सिंहदबार स्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा एक कर्मचारी मृत भेटिएका छन्। आयोगमा कार्यरत नायब सुब्बा बच्चुराम केसी मृत भेटिएका हुन्।

केसी आयोग कार्यालयमा रहेको अनुगमन तथा मूल्यांकन महाशाखाको सभाहलमा मृत भेटिएका प्रहरीले जनाएको छ। उनी सभाहलमा ढलिरहेको अवस्थामा देखेपछि बिहान पौने १० बजे आयोगकै कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।

मृतक केसीको शव भेटिएको स्थानमै सेल्फस नामक विषादीको बट्टा पनि भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *