Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेपाल बैंक लिमिटेको प्रमुख कार्यकारी अधिकृतका लागि १४ जनाको आवेदन

नेपाल बैंक लिमिटेको प्रमुख कार्यकारी अधिकृतका लागि १४ जनाको आवेदन

काठमाडौं,३ भदौं । सरकारी स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृतका लागि १४ जनाले आवेदन दिएका छन् । आवेदन दिने आज अन्तिम दिनसम्म आइपुग्दा बैकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी सहित १४ जनाले आवेदन दिएका हुन । आवेदन दिनेहरुमा रामदेव यादव, अरुण कुमार ढुंगाना, पूर्ण प्रसाद आचार्य,मुरारी प्रसाद अर्याल, कृष्ण बहादुर अधिकारी, सुन्दर पन्थी, शेषरमण आचार्य, पुष्पराज भण्डारी, राजुनाथ खनाल, गोबिन्द प्रसाद दाहाल, दुर्गा कुमारी कँडेल, अशोक खड्गी, शंकर कुमार रायमाझी र डिल्लीराम शर्मा रहेका छन् ।  

आवेदन दिएका मध्ये समितिले ३ जनाको नाम नियुक्तिको लागि सिफारिस गर्ने र ती मध्ये एक जना नियुक्त हुने छन् । बैंकले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नको लागि सार्वजनिक सूचना आह्वान गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x