Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया स्थगित

बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया स्थगित

काठमाडौं,४ भदौ‌ । संसदीय समिति चासाे देखापछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित गरेकाे छ । प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिले यस विषयका सम्वन्धमा अध्ययन थालेको भन्दै नेप्सेको सञ्चालक समितिको बैठकले तत्काल केही समयका लागि भन्दै उक्त प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।

‘यसबारेमा अध्ययन गर्न स‌सदको अर्थ समितिले एक उपसमिति गठन गरेको जानकारी प्राप्त भएको छ; अर्थ समितिले अध्ययन गरिरहेको विषयमा ब्रोकर लाइसेन्स बाँड्नु उचित देखिएन, यसकारण केही समयका लागि स्थगित भएको हो ।’ नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए ।

ब्रोकर लाइसेन्सका लागि करिब १४ बैंकका सहायक कम्पनीले नेप्सेमा आवेदन दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x