Date

मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025

नेप्से परिसूचक २७.६४ अङ्कले घट्दा कारोबार रकममा पनि गिरावट

नेप्से परिसूचक २७.६४ अङ्कले घट्दा कारोबार रकममा पनि गिरावट

काठमाडौँ, १८ कार्तिक । सेयर बजार मापक नेप्से परिसूचक मङ्गलबार पनि घटेको छ । सोमबार ८.२४ अङ्कले घटेको नेप्से परिसूचक मङ्गलबार पनि निरन्तरता पाएको हो ।

आज नेप्से परिसूचक २७.६४ अङ्क घटेर २५९५.२४ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.९३ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अङ्क र सन्सेटिभ फ्लोट इण्डेक्स १.३० अङ्कले घटेको छ ।

आज कारोबारमा आएका ३२२ कम्पनीको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। सोमबार ६ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । यसरी हेर्दा आजको तुलनामा कारोबार रकम पनि घटेको छ ।

नेप्सेका १३ उपसमूहमा १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक २.२१ प्रतिशत , जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य र विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको नेप्सेले जनाएको छ ।

आज कारोबारमा आएको माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । तर यता मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य भने १० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *