Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

निगमले भदौ १२ गते ओशाकाको नियमित उडान सुरु गर्ने

निगमले भदौ १२ गते ओशाकाको नियमित उडान सुरु गर्ने

काठमाडौं,४ भदौं । नेपाल बायुसेवा निगमले भदौ १२ गते ओशाकाको नियमित उडान सुरु गर्ने भएको छ । निगमले २७४ सिट क्षमताको एयर बस ३३० हप्तामा तीन पटक ओशाका उडानको तयारी गरेको छ । उडानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिएको निगमका कार्यकारी अध्यक्षले मदन खरेलले बताए ।

ओशाका उडानको लागि निगमले दुई तर्फ भाडा औसत १ लाख रुपैयाँ पर्ने बताएको छ । तर, व्यापार प्रबद्धनका लागि सेप्टेम्बर महिनासम्मका लागि निगमले भाडा ७२ हजार रुपैयाँ तोकेको छ ।
निगमले गत जुलाई देखि नै ओशाका उडानको तयारी गरेको थियो । तर, यात्रु अभाव भए पछि निगमले उडान मिति पछि सारेको हो ।

निगमले १९९४ अक्टोवर ३० देखि ओशाका उडान गरेको हो । तत्कालिन समयमा निगमले काठमाडौ—सांघाई—ओशाका उडान भर्दै आएको थियो । तर, सिमित उपकरण र अप्रत्यक्ष उडानका कारण निगमले २००७ मा उडान सस्पेण्ड गरेको थियो । यस पटक भने निगमले ओशाका सिघा उडान भर्नेछ । ओशाकासँगै निगमले आगामी जनवरी देखि नारितामा समेत उडान गर्ने प्रक्रिया सुरु गर्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x