राष्ट्र बैंकले ४ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै
काठमाडौं,९ भदौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । यसका लागि बैंकले आज अपराह्न ३ बजे बोलकबोल हुने जनाएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड रुपैयाँ र एक वर्ष अवधिका लागि जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार ९१ दिनको ट्रेजरी बिल २०७६ साल मंसिर १० गते परिपक्व हुनेछ । त्यस्तै एक वर्षे अवधिका लागि जारी हुने ट्रेजरी २०७७ भदौ ९ गते परिपक्क हुनेछ । ट्रेजरी बिल मंगलबार जारी हुने राष्ट्र बैंकले जनाएको छ ।