Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बैदेशिक रोजगारीमा जानेको संख्या घट्यो

बैदेशिक रोजगारीमा जानेको संख्या घट्यो

काठमाडौं ९ भदौ । बैदेशिक रोजगारीमा जानेको संख्या घट्दै गएको छ । बैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउन महिनामा ३२ हजार ४ सय ८ जना श्रमिकहरुले मात्रै वैदेशिक रोजगार विभागबाट श्रम स्विकृति लिएका छन् । गत असारमा ३९ हजार कामदार मात्रै श्रम स्वीकृती लिएका थिए ।

विभागको तथ्यांक अनुसार यस अघि भने प्रति महिना ४० हजार देखि ६० हजारसम्म कामदारले श्रम स्वीकृति लिने गरेका थिए । मलेशियाको रोजगारी बन्द भएपछि बैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको व्यवसायीहरु बताउँछन् । मलेशिया बैदेशिक रोजगारीको लागि मुख्य गन्त्ब्य हो । मलेशिया जानको लागि सरकारले रोक लगाएको पनि एक बर्ष भन्दा बढी भै सकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x